Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लागूऔषधसहित जलेश्वरबाट चार युवक पक्राउ

    लागूऔषधसहित जलेश्वरबाट चार युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जलेश्वर । प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।



    गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।



    प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ ।

    उनीहरूलाई आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार