Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सीके राउतले कारवाहीको धम्की दिएका एसपी पाण्डेको ७ महिनामै काज सरुवा

    सीके राउतले कारवाहीको धम्की दिएका एसपी पाण्डेको ७ महिनामै काज सरुवा

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले सिरहाका प्रहरी प्रमुख एसपी हिरा पाण्डेको सात महिनामै काज सरुवा गरेको छ ।

    प्रहरी स्रोतका अनुसार एसपी पाण्डेको ठाउँमा प्रहरी प्रधान कार्यालयको शिक्षालयमा कार्यरत एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ।



    गत जेठमा एसपी पाण्डे सिरहा सरुवा भएका थिए । पछिल्लो समय सिरहा लगायत तराईका केही जिल्लामा सीके राउतको नेतृत्वको जनमत पार्टीले आन्दोलन तथा हडताल गरेपछि एसपी पाण्डेलाई स्थिति नियन्त्रणमा लिन नसकेको आरोप समेत लागेको स्रोतको भनाइ छ।



    यस्तै, पछिल्लो समय सिराहमा जनमत पार्टीले किसानलाई पक्राउ गरिएको भन्दै आन्दोलन गरेको थियो । त्यसक्रममा दर्जनौं निजी गाडीमाथि तोडफोड भएको थियो।

    यसअघि अध्यक्ष राउतले एसपी पाण्डेलाई सार्वजनिक स्थानमा ल्याएर भौतिक कारबाही गर्ने धम्की पनि दिएका थिए । प्रहरी प्रमुख पाण्डेका विरुद्ध दिनहु प्रर्दशन हुन थालेपछि उनको काज सरुवा गरिएको प्रहरी प्रधानकार्यालले स्रोतले जानकारी दियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार