Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा

    एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 969
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।

    बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् ।



    पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो ।



    एन्फाले १५ पुसमा १९ एजेन्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई पत्र पठाएको थियो । त्यसपछि विधान अनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेन्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेन्डा थप माग गरेका थिए । एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरेको थियो ।

    २० पुसमा एन्फा पूर्वअध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले कार्यसमितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार