Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बतासको बचाउ गर्दै कमल थापाले भने- आध्यात्मिक व्यक्तिको चरित्रहत्या नगरौं

    बतासको बचाउ गर्दै कमल थापाले भने- आध्यात्मिक व्यक्तिको चरित्रहत्या नगरौं

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।

    सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।



    थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।’



    ‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार