Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शिक्षामन्त्री पौडेल पनि आइसोलेसनमा

    शिक्षामन्त्री पौडेल पनि आइसोलेसनमा

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको आइसोलेसनमा बसेका छन् ।

    पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मन्त्री पौडेल कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमा बसेका हुन् ।



    तर, आइतबार गरिएको एन्टीजेन विधिको कोरोना परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो। पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी नै रहेको  छ



    यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायत नेताहरुलाई संक्रमण पुष्टि भएको थियो । प्रचण्डको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए ।

    यस्तै, हिजो मात्रै माओवादीकै नेता शक्तिबहादुर बस्नेत दम्पतीलाई पनि संक्रमण पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार