Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ताजकिस्तान र उज्वेकिस्तानलाई तालिवानको धम्की: हाम्रो विमान-हेलिकप्टर छिटो फिर्ता गर

    ताजकिस्तान र उज्वेकिस्तानलाई तालिवानको धम्की: हाम्रो विमान-हेलिकप्टर छिटो फिर्ता गर

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । तालिवानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले ताजिकिस्तान र उज्वेकिस्तानलाई अफगान विमान र हेलिकप्टर फिर्ता गर्न आग्रह गरेका छन् । यसो नगरे तालिवानले कारबाही गर्न सक्ने उनको भनाइ छ।

    काबुलमा अफगान वायुसेनाका पाइलट र कर्मचारीलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकार सत्तामा आएपछि छिमेकी मुलुकमा लगिएका विमान अफगानिस्तानको सम्पत्ति भएकाले छिट्टै स्वदेश फिर्ता गर्नुपर्ने बताए ।



    उनले भने, ‘हामी हाम्रा छिमेकीहरू भन्दा कमजोर हुन सक्छौं तर कायर छैनौं र हामी हाम्रा विमान र हेलिकप्टरका सबै भाग फिर्ता लिनेछौं।  म उहाँहरूलाई हाम्रो धैर्यताको परीक्षा नगर्न र हाम्रो विमान र हेलिकप्टरको परीक्षण नगर्न अनुरोध गर्न चाहन्छु।’ हेलिकप्टर हामीलाई फिर्ता गर ।’



    मोहम्मद याकूब मुजाहिदले अफगान वायुसेनाका पाइलट र इन्जिनियरहरूलाई धन्यवाद दिए जसले देश छोडेनन् र विगत महिनाहरूमा देश छाडेकाहरूलाई फर्कन अपील गरे। उनले विदेशी लगानीमा भर नपर्ने र अफगानिस्तानको सिमानाको रक्षा गर्न सक्ने वायुसेनालाई बलियो बनाउन चाहेको बताए ।

    टोलो न्यूजमा प्रकाशित रिपोर्टका अनुसार अफगान रक्षा मन्त्रालयले गत वर्ष अगस्टमा तालिबान सत्तामा आएदेखि हालसम्म ४० भन्दा बढी हेलिकप्टर छिमेकी देश ताजिकिस्तान र उज्वेकिस्तानमा लगिएको जनाएको छ।

    हालसम्म ताजकिस्तान र उज्वेकिस्तानका अधिकारीहरूले यस विषयमा टिप्पणी गरेका छैनन् । तालिबानले आफ्ना छिमेकीहरूविरुद्ध यस्तो कठोर भाषा र चेतावनी प्रयोग गरेको यो पहिलो पटक हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार