Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • किसानसँग पैसा उठाएर अवैध तबरले भित्र्याइएको लाखौंको कीटनाशक औषधी बरामद

    किसानसँग पैसा उठाएर अवैध तबरले भित्र्याइएको लाखौंको कीटनाशक औषधी बरामद

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 2.5K
    SHARES

    चितवन । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग स्वीकृत नलिइ अवैध रूपमा बिक्री प्रयोजनका लागि ल्याइएको औषधीलाई ईलाका प्रहरी कार्यालय भण्डाराले शनिबार बरामद गरेको छ ।

    बाराको परवानीपुरमा शिवशक्ति बायोप्लान्टिक प्रालिको ना ३ ख १८९ नम्बरको ट्रकमा धात्री तथा जुपिटर नामक कीटनाशक औषधी हेटौंडा हुँदै चितवनतर्फ लैजाँदै छ भन्ने प्रहरी प्रधान कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयको सूचनापश्चात् अस्थायी प्रहरी पोस्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले ३ केजीको ४८९ थान धात्री र १ केजीको जुपिटर ११ थान तथा ५०० मिलीलीटरको जुपिटर नै १३३ थान बरामद गरेको हो ।



    प्रहरीका अनुसार इजाजतपत्र समेत नलिइ उक्त कम्पनीले कालोबजारी गर्ने उद्देश्यका साथ राप्ती नगरपालिका ४ स्थित पिप्लेमा मल लोड/अनलोड गरिरहेको अवस्थामा ट्रकका चालक सर्लाही बस्ने सन्तोष साहसहित ३ जनालाई पक्राउ गरिएको हो।



    बरामद गरिएको कीटनाशक औषधी ईलाका प्रहरी कार्यालय भण्डाराले हिजो (आइतबार) कृषि ज्ञान केन्द्र चितवनको जिम्मा लगाइएको र उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

    खाद्यबालीमा राखिने कुनै पनि कीटनाशक औषधी र भिटामिन नेपाल सरकारको स्वीकृत बिना बिक्रीवितरण गर्न पाइदैन । तर, पनि सो कम्पनीले बिगत लामो समयदेखि प्रशासनको आँखा छल्दै किसानहरूमाथि ठगी धन्दा चलाएको खुलेको स्रोतको दाबी छ।

    सो, कम्पनीले मकवानपुरको हटिया, बस्तीपुर, मनहरी तथा चितवनको पिप्ले र रत्ननगरका हजारौं किसानहरूसंग एक महिना अघि नै पेस्की बापत मोटो रकम असुली गरेको थियो । अहिले सोही पेश्की लिए बापतको मल पुर्‍याउन आउने क्रममा उनीहरु समातिएका हुन् ।

    ३ बर्ष पहिले पनि सोही कम्पनीलाइ चितवनको निपनी चोकबाट प्रहरीले रत्ननगर नगरपालिकाको कृषि शाखाका प्रमुख शिवराज पौडेल र ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले २२५ प्याकेट औषधीसहित नियन्त्रणमा लिएको थियो ।

    यता, ईलाका प्रहरी कार्यालय भण्डाराले भने पक्राउ परेका ट्रकका चालकसहित मललाइ थप कारवाहीको लागी कृषि ज्ञान केन्द्रमा पठाइएको जनाएको छ । ‘कृषि ज्ञान केन्द्रको अनुरोधमा हामीले उहाँहरुलाइ एक दिन हाम्रो निगरानीमा राखी भोलिपल्टै थप कार्वाहीको लागी पठाएका छौँ । स्रोतले भन्यो, थप अनुसन्धान र बिषादी भए / नभएको अनुसन्धान गर्ने निकाय कृषि ज्ञान केन्द्र नै रहेकोले हामीले थप दुइ जना प्रहरी जवानसहित बरामद गरिएको मललाइ भरतपुरतर्फ पठाएका हौँ ।’

    बारामा उद्योग, पर्सामा कार्यालय !
    यता, बाराको परवानीपुरमा उद्योग खोली शिवशक्ती बायोप्लान्टिक प्रालिले किसानहरू माथी ठगी गर्ने गरेको स्रोतले जनाएको छ । पाँच वटा सटर भाडामा लिएर गोदाम बनाइ उक्त उद्योगले लामो समयदेखि कालोबजारी गर्ने गरेको पाइए पनि निज माथी कसैले छुन सकेको छैनन् ।

    नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय तथा बिषादीको इजाजतपत्र समेत नलिइ उक्त कम्पनीले प्रशासनलाई ठाडो चुनौती दिदै जैविक मल र धात्री मलको कृत्रिम कालोबजारी गर्ने गरेको स्रोत बताउँछ । बिगत १२ बर्षदेखी मानिसलाई झुक्यानमा समेत पारी कृत्रिम कालोबजारी गर्ने उद्देश्यका साथ अवैध कार्यालय खडा गरी बिना इजाजतपत्र बिषादी मललाई समेत अर्गानिक मल भनी बेच्ने समेत गरेको स्रोत बताउँछ ।

    आरोप प्रमाणित भए ६ बर्षसम्म कैद हुन्छ : सप्रजिअ

    यता, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आरोपितमाथि लागेको आरोप पुष्टि भएमा ६ बर्षसम्म कैद हुने र सोही बराबरको बिगो समेत फैसला हुने जनाएको छ । शनिबार मल नियन्त्रणमा लिएको सम्बन्धमा चितवन प्रशासनको ध्यानाकर्षण भएको बताउँदै सप्रजिअ शर्माले यस्मा उचित छानबिन हुने बताए ।

    हामी यस बिषयमा एकदमै गम्भीर छौँ । शर्माले भने, ‘उहाँहरुको सामान जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ । यस बिषयमा सत्यतथ्य छानबिन हुन्छ । दोषी उम्किन पाउदैनन्, प्रशासन गम्भीर छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार