Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोभिड-१९को बढ्दो संक्रमणप्रति संवेदनशील भई परिचालित हुन आईजीपीको निर्देशन

    कोभिड-१९को बढ्दो संक्रमणप्रति संवेदनशील भई परिचालित हुन आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कोभिड-१९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई परिचालित हुन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । समाजमा हुन सक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशिल हुनुपर्ने आईजीपी क्षेत्रीको भनाइ थियो।



    कार्यक्रममा प्राविधिकतर्फका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको थियो।



    दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्रहरी नायव महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरु र १४ जना प्राविधिक प्रहरी निरीक्षकहरु रहेका छन्।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    तस्बिरहरु:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार