Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको जारी परीक्षा केही हप्ता स्थगित गराउन निर्देशन दिएका हुन्।

    जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका प्रधानमन्त्री देउवाले कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।



    स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए-नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् ।



    यसअघि बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षामा कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै बुद्दनगरस्थित कान्तिपुर कलेजमा बिद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार