Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा हुने सम्भावना

    आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा हुने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने छ ।

    निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने बैठकले निर्वाचनको मिति तोकिन सक्ने बताइएको छ ।



    निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने सरकारको तयारी छ । आयोगले स्थानीय तह निर्वाचन गर्न जेठ ४ गते बुधबारको दिन ७ सय ५३ तहमा एकैपटक निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।



    मन्त्रिपरिषद्बाट मिति तोक्नका लागि आयोगले निर्णयका गृह मन्त्रालयमार्फत राय पनि पठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार