Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रक्सीले मातेका राजुले खुर्पाले हानेर गरे श्रीमतीको हत्या

    रक्सीले मातेका राजुले खुर्पाले हानेर गरे श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.3K
    SHARES

    प्रतिकात्मक तस्विर

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।



    माघ २८ गते शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



    प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा पनि नियन्त्रणमा लिएको छ ।

    यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेको खुलेको प्रहरीले जनाएको छ ।

    शुक्रबार बिहान गरिएको स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पुष्टि भएको थियो । मदिरा सेवन गरेर आएका राजुले श्रीमतीको हत्या गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार