Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

    सुदूरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ३३९ नमुना परीक्षण गर्दा थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।



    निर्देशनालयका अनुसार एक सय नमुना पिसिआर परीक्षण गर्दा ९ जना र एक हजार २३९ जनामा एन्टिजेन परीक्षण २१ जना गरी ३० जनामा संक्रमण देखिएको हो ।



    २४ घण्टामा भारतबाट फर्किएका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कैलाली र कञ्चनपुरका एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–४ का ८२ बर्षिय पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार