Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा सभामुखले बैठक बोलाइएका हुन् । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।



    बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यसअघि संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा दुई वटा बुँदाहरु रहेका छन्।



    कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ । प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो ।

    बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो।

    यस्तै, आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने कार्यक्रम राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार