Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सभामुखलाई जोडेर गरिएको प्रचार गलत, पुष्टि गरेर देखाउन सचिवालयको चुनौती

    सभामुखलाई जोडेर गरिएको प्रचार गलत, पुष्टि गरेर देखाउन सचिवालयको चुनौती

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचारबारे उनको सचिवालयले आपत्ति जनाएको छ । साथै उक्त प्रचारलाई राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको सचिवालयको ठहर छ।

    बुधबार सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले एक  प्रेस नोट जारी गर्दै लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेका हुन् ।



    सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उनले यसप्रति सचिवालयको ध्यानाकर्षण भएको उक्त प्रेस नोटमा उल्लेख गरिएको छ  ।



    ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ न्यौपानेले प्रेस नोटमा उल्लेख गरेका छन्, ‘सभामुख सापकोटाले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

    यस्तो छ न्यौपानेले जारी गरेको प्रेस नोट:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार