Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सभामुखसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

    सभामुखसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 600
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ।

    फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष ड्यानियल सलमान नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो।



    भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे।



    उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए।

    भेटमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष ड्यानियलले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे। उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिए। उनले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार