Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बलात्कार आरोपी एमाले सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा

    बलात्कार आरोपी एमाले सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    चितवन । ‘बलात्कार आरोपित’ नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा रहेका छन् । जुम्लाकी एक शिक्षिकालाई बलात्कार गरेको अभियोगमा पूर्वमन्त्री समेत रहेका बानियाँविरुद्ध बुधबार, ४ फाल्गुनमा पक्राउ पूर्जी जारी भएको थियो ।

    पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिट्टै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।



    आरोपित बानियाँलाई जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको थियो । तत्कालिन केपी ओली सरकारको पालामा १० दिने मन्त्री बनेका बानियाँमाथि जुम्ला घर भएकी एक शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा लगेर बलात्कार गरेको आरोप छ ।



    २५ लाख रुपैयाँको चेक लिन आउ भन्दै होटलमा बोलाएको र आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ । तर, सिसिटिभी फूटेज अनुसार उनीहरु दुबै जना विहान ८ बजे होटलबाट बाहिर निस्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार