Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

    एमाले सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    सांसद मोहन बानियाँ

    मुगु । नेकपा एमालेका सांसद मोहन बानियाँका कान्छा छोरा पेस्तोलसहित पक्राउ परेका छन् ।

    खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानियाँ ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।



    मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको हो ।



    कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ । उनलाई भोलि नै जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने प्रहरीको भनाइ छ ।

    सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा पक्राउ परी पाँच लाख रूपैयाँ धरौटीमा छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार