Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ

    बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । जबर्जस्ती करणीको आरोपमा नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँ सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।

    काठमाडौबाट फर्कदै गर्दा नेपालगञ्ज विमानस्थलबाट बानियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २४ गते बानियाँविरुद्ध दिएको उजुरी माघ २७ गते दर्ता भएको थियो ।



    सोही उजुरीको आधारमा सा‌सद बानियाँविरूद्ध फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पक्राउ पुर्जी जारी गरेको थियो । बलात्कार आरोपित सांसद बानियाँ फरार थिए ।



    २५ लाख रुपैयाँको चेक लिन आउ भन्दै होटलमा बोलाएको र आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार