Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले सांसद बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    एमाले सांसद बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज । जिल्ला अदालत बाँकेले बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो ।



    आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितको आरोप छ । यद्यपि बानियाँले भने आफूविरुद्ध लगाइएको आरोप झुटो भएको दाबी गर्दै आएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार