Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ५ लाख धरौटीमा छुटे बलात्कारको आरोप लागेका सांसद बानियाँ

    ५ लाख धरौटीमा छुटे बलात्कारको आरोप लागेका सांसद बानियाँ

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । बलात्कार आरोपमा प्रहरीको न्यायिक हिरासतमा रहेका नेकपा एमालेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।

    जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो । पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग सरकारी वकिल माग गरेको थियो । तर, अदालतले उनीसँग धरौटी माग गरेको थियो ।



    मुगुका बानियाँ एमालेको समानुपातिकतर्फका सांसद हुन्। प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् ।



    बानियाँ फागुन १६ गते पक्राउ परेका थिए । बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार