Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १५८ जनामा संक्रमण पुष्टि हुँदा ३५४ जना डिस्चार्ज

    १५८ जनामा संक्रमण पुष्टि हुँदा ३५४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ ।



    कोरोनाका कारण आज २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर थप १ लाख ८ हजार १४०  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार