Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौँमा मोबाइल पसल फुटाएर लाखौंको समान चोरी, भाग्दै गर्दा पक्राउ परे दुई युवा

    काठमाडौँमा मोबाइल पसल फुटाएर लाखौंको समान चोरी, भाग्दै गर्दा पक्राउ परे दुई युवा

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले रातको समयमा मोबाइल पसल फुटाई चोरी कार्यमा संलग्न दुई युवालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा गोरखा गण्डकी नगरपालिका-५ घर भइ काठमाडौँ बूढानीलकण्ठ बस्ने २४ बर्षीय सुरेश गिरि र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका-५ घर भइ बूढानीलकण्ठनै बस्ने २२ बर्षीय गणेश क्षेत्री रहेका छन्।



    महाशाखाका अनुसार गएराती काठमाडौँ महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोवाइल पसलबाट उनीहरुलाई चोरी गरेर भाग्दै गर्दा पक्राउ गरिएको हो।



    उनीहरुको साथबाट बिभिन्न कम्पनीका सिलप्याक मोवाईल ३७ थान, मर्मतका लागी राखिएका मोवाईल १५ थान, गितार १ थान तथा स्मार्ट घडी २५ थान समेत बरामद गरिएको महाशाखाको भनाइ छ।

    पक्राउ परेका उनीहरुलाई थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, महाराजगन्ज पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार