Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु

    ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

    बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ ।



    बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर बगाएको थियो ।



    उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । ६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार