Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धरान उपमहानगरपालिका : मेयरमा एमालेबाट ११ जनाको नाम सिफारिस

    धरान उपमहानगरपालिका : मेयरमा एमालेबाट ११ जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.2K
    SHARES

    बिराटनगर । नेकपा एमालेको नगर कमिटीले धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा ११ जनाको नाम सिफारिस गरेको छ ।

    आइतबार बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो ।



    बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।



    बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

    मेयरका लागि पहिलो नम्बरमा उपमेयर मञ्जु भण्डारीको नाम सिफारिस गरेको छ । बैठकले पूर्वमेयर मनोज मेन्याङ्बो, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम सिफारिस गरेको हो ।

    त्यस्तै उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार