Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष स्थापना गरिने

    विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष स्थापना गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 693
    SHARES

    काठमाडौं । रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले भने, “हामी सञ्चित लगानी कोष स्थापना गर्दै छौँ ।



    विदेशमा रहेका नेपालीले मासिक दुईरचार हजार डलरसम्म जम्मा गर्न सक्छन् । त्यो कोषलाई उच्च प्रतिफल दिने आयोजनामा खर्च गर्नेछौँ । उनले सरकारका तर्फबाट रकम थप गरिदिने पनि जानकारी दिए ।



    उनले मुलुकको विकास र समृद्धिमा गैरआवासीय नेपालीलाई सहभागी गराउन प्रयास भइरहेको चर्चा गर्दै मुलुक सङ्कटमै पुगेको अवस्था नरहेको स्पष्ट पारे । उनले भने “तर सतर्क र सचेत भएर अगाडि बढ्नुपर्ने अवस्था भने आएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार