Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 3.6K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।



    आज विहान करिब १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।



    घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार