Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री खाँण चितवन पुगे

    असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री खाँण चितवन पुगे

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.1K
    SHARES

    चितवन । गृहमन्त्री बालकृष्ण खाँण बुधबार चितवन पुगेका छन् ।

    भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन पुगेका हुन् ।



    सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।\



    खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् ।

    भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार