Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इतिहासमै पहिलोपटक कञ्चनजंघाको शिखरमा नेपाली सेनाको टोली

    इतिहासमै पहिलोपटक कञ्चनजंघाको शिखरमा नेपाली सेनाको टोली

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली सेनाको टोली संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा पुगेको छ ।

    शनिबार बिहान नेपाली सेनाको टोली ताप्लेजुङमा अवस्थित कञ्चनजंघा शिखरमा पुगेको हो । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेको जनाइएको छ ।



    सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको हो ।



    सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाका अनुसार टोलीमा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छिरिङ जाङबु शेर्पा, फुर्वा शेर्पा, ङिमा छिरिङ शेर्पा र छेवाङ शेर्पा छन् ।

    दुई नेपाली सेनासहित हिमाल सफाइ अभियानका ६ जना शिखरमा पुगेका हुन् । समुन्द्री सतहदेखि ८ हजार ५ सय ८६ मीटरको कञ्चनजंघालाई प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ ।

    नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइ भइरहेको छ । गत वर्ष यी हिमालहरुबाट १३ हजार किलोभन्दा बढी फोहोर सेनाले संकलन गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार