Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • श्रीलङ्कामा हिंसात्मक बन्दै आन्दोलन, थप देशव्यापी रूपमा कर्फ्यू घोषणा

    श्रीलङ्कामा हिंसात्मक बन्दै आन्दोलन, थप देशव्यापी रूपमा कर्फ्यू घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 2.4K
    SHARES

    एजेन्सी । श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ ।

    सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् ।



    श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनलाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ ।



    सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार