Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कैलारी गाउँपालिकामा कांग्रेसले कारबाही गरेका बागी उम्मेदवार राजसमझ विजयी

    कैलारी गाउँपालिकामा कांग्रेसले कारबाही गरेका बागी उम्मेदवार राजसमझ विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    कैलाली । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कार्बाहीमा परेका काँग्रेसका राजसमझ चौधरी विजयी भएका छन् ।

    गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कार्बाहीमा परेका काँग्रेसका चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।



    उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन्। राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन्।



    उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्। उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार