Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महामन्त्री विश्वप्रकाश शर्माको नगरमा कांग्रेस पराजित, प्रमुख र उपप्रमुखमा एमाले विजयी

    महामन्त्री विश्वप्रकाश शर्माको नगरमा कांग्रेस पराजित, प्रमुख र उपप्रमुखमा एमाले विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 954
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी भएका हुन् ।

    कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१ हजार ३११ मत ल्याए । उपप्रमुखमा एमालेकी मीना उप्रेती फेरि दोहोरिएकी छन् । उनले २१ हजार ५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८मत पाए ।



    राप्रपाकी सविना बजगाईं तेस्रो भइन्। उनले ९ हजार ८८० मत पाइन् । यस्तै शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भएको छ ।



    कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराए । तामाङले ३०१८ मत पाउँदा बानियाँले १८५९ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार