Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 942
    SHARES

    काठमाडौं । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।

    नेकपा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् ।



    राजेशमानले ४६ हजार दुई सय १५ मत ल्याए । एमालेका सरावगीले २३ हजार छ सय ७१ मतमात्रै ल्याए । उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए । उनले ३० हजार ७८ मत ल्याएका छन् ।



    उपमेयरमा एमाले-लोसपा गठबन्धनका उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार पाँच सय ६८ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार