Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अमेरिकाको टेक्सासमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित १८ जनाको मृत्यु

    अमेरिकाको टेक्सासमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

    अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।



    घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो ( यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए ।



    रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ । यस्तै राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार