Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्लाहीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

    सर्लाहीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सर्लाहीमा एक पुरुषको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

    जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७ का ४५ वर्षका अशोक विकको हत्या आरोपमा भान्जा ३१ वर्षका रवि विक पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुवै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।



    गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार