Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।

    जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।



    भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।



    प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक/एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार