Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मैले बजेट हिनामिना गरेको छैन, काम गर्न खोजेको हुँ : वडाध्यक्ष शेर्पा

    मैले बजेट हिनामिना गरेको छैन, काम गर्न खोजेको हुँ : वडाध्यक्ष शेर्पा

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 2.5K
    SHARES

    सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष निमा सोना शेर्पाले आफूले बजेट हिनामिना गर्न खोजेको नभई काम गर्न खोजेको स्पष्ट पारेका छन् ।

    शुक्रबार अध्यक्ष शेर्पाले बजेट हिनामिना गर्न खोजेको भन्दै स्थानिय राजनीतिक दलहरुले वडा कार्यालयमा ताला लगाएका थिए । सोही विषयलाई आधार मानेर अनलाईन नेपालले ‘भोटेकोशी–३ का वडाध्यक्षमाथि बजेट हिनामिना गर्न खोजेको आरोप, कार्यालयमा तालाबन्दी’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।



    तर, शेर्पाले समाचारमा उल्लेख भएजस्तो बजेट हिनामिनाको आरोप अस्वीकार गदै विज्ञप्ति नै जारी गरेर विकास विरोधीहरुले काम गर्न नदिन मिथ्या र अर्नगल प्रचारबाजी गरिएको दावी गरेका छन् ।



    विकास विरोधी प्रवृत्तिको भर्त्सना गर्दै उनले भनेका छन्–‘बजेटको सम्पुर्ण अख्तियारी नै नआई भ्रष्टचार भएको भन्ने जस्ता मिथ्या र अर्नगल प्रचारबाजी गरिएको बिषय पूर्ण रुपमा झुट्टो रहेको म सबै जनसमुदायमा स्पष्ट पार्न चाहान्छु ।’

    उनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘विकास आवश्यकता र प्राथमिकताको आधारमा बिनियोजन गर्नु पर्छ । म यो कुरामा प्रतिबद्ध छु । यद्यपी परम्परागत बिकासको शैली भएका दलका प्रतिनिधिले आफ्नो स्वार्थ बेगरको बजेट निर्माण भएको थाहा भएपछि बिरोध जनाएर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । यस्तो बिकास विरोधी प्रवृत्तिको म भर्त्सना गर्दछु । वडामा आएको बजेटको सिलिङ आवश्यकता र प्राथमिकतामा आधारित छ । यो बिनियोजित बजेटको प्रारम्भिक प्रस्तावना हो ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार