Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बलात्कारपछि युवतीसँग भएको नगद १ लाख र गहना लुटेको आरोपमा तामाङ पक्राउ

    बलात्कारपछि युवतीसँग भएको नगद १ लाख र गहना लुटेको आरोपमा तामाङ पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 876
    SHARES

    काठमाडौं । काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा महिलालाई बलात्कार गरेर उनको साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका–९, घर भइ हाल बनेपामा डेरा गरी बस्ने अन्दाजी २८ वर्षीय विश्व तामाङ छन् । उनलाई असार ५ गते वृत कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



    भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    उनले गएको जेठ २९ गते बेलुकाको समयमा २४ वर्षीय ती महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक होटलमा लगेर बलात्कार गरेका थिए।

    उनीमाथि मुलुकी अपराध (संहिता) अनुसार कारबाही गर्न अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार