Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु , बाँकी जनताले नै मूल्यांकन गर्नेछन्: प्रेम आले

    आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु , बाँकी जनताले नै मूल्यांकन गर्नेछन्: प्रेम आले

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट आफू ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् ।

    राजीनामाबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताए ।



    उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन् ।’



    उनले आफ्नो कार्यकालमा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएको भन्दै यो भावी पुस्ताले सम्झिरहने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार