Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

    भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 903
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको छ ।

    उनीहरुबीच आज टेलिफोन कुराकानी भएको हो । रुस युक्रेन युद्धका बारेमा नै उनीहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् ।



    कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए । उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारेका थिए ।



    आफू सँधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकास निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उनको भनाई थियो ।

    भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “युक्रेनसँगको विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ भन्ने आफ्नो लामो समयदेखिको पक्षधरता कायमै रहेको कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग राखेका छन् ।

    दुई नेताका बीचमा विगतमा भएका अन्य सहमति र सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार