Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जुम्लामा चट्याङबाट मरे ८० भेडा, ३०० भेडा हराए

    जुम्लामा चट्याङबाट मरे ८० भेडा, ३०० भेडा हराए

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 897
    SHARES

    जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन्। सो चट्याङबाट करिब ३०० भेडा हराएका छन्।

    पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए।



    अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ।



    सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार