Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेका १३ केन्द्रीय विभागमा सचिव मनोनित [सूचीसहित]

    एमालेका १३ केन्द्रीय विभागमा सचिव मनोनित [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 891
    SHARES

    काठमाडौं । नेकपा एमालेले १३ केन्द्रीय विभागका सचिव मनोनित गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको हो ।

    प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार बैठकले वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल र श्रम तथा रोजगार विभागमा जनक चौधरीलाई मनोनित गरेको छ ।



    यसैगरी संसदीय विभागमा डा सूर्य पाठक, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा चयन भएका छन्।



    संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई सचिव बनाइएको छ।

    यस्तै स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र परराष्ट्र विभागको सचिवमा डा अन्जान शाक्यलाई मनोनित गरिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार