Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इण्डिगोका कर्मचारी विरामी बिदा लिएर एअर इण्डियामा अन्तर्वार्ता दिन गएपछि…

    इण्डिगोका कर्मचारी विरामी बिदा लिएर एअर इण्डियामा अन्तर्वार्ता दिन गएपछि…

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । भारतको विमान कम्पनी इण्डिगोका धेरै कर्मचारीले गत शनिबार एकै दिन विरामी बिदा लिए । जसको असर इण्डिगोको उडानमा पर्‍यो । त्यसदिन उसका ५५ प्रतिशत उडान ढिलो गरी भए ।

    एकै दिन धेरै कर्मचारीले बिरामी बिदा लिए पनि उनीहरु खासमा बिरामी भएका थिएनन् । उनीहरु अधिकांश बिरामी बिदा लिएर एअर इण्डियामा जागिरका लागि अन्तर्वार्ता दिन गएको पाइएको छ ।



    एयर इण्डियालाई टाटाले टेकओभर गरेको छ र उसले सेवा विस्तारका लागि नयाँ कर्मचारी भर्ना गरिरहेको छ ।



    शनिबार क्याबिन क्रुका रुपमा काम गर्ने कर्मचारी छनोटका लागि अन्तर्वार्ता तोकिएको थियो । इण्डिगोले आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दैनिक १ हजार ६०० उडान गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार