Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बुढीगंगा अपडेटः १ हजार ४ सय मत गन्दा एमाले अगाडि

    बुढीगंगा अपडेटः १ हजार ४ सय मत गन्दा एमाले अगाडि

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 822
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

    एक हजार चार सय मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ७२२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ६०१ मत ल्याएका छन् ।



    उनीहरूबीच १२१ मतको अन्तर छ । यसअघि एकहजार मत गणना हुँदा उनीहरूबीच ९३ मतको फरक थियो ।



    उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ७११ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ६२३ मत ल्याएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार