Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाली श्रम शक्तिलाई स्वदेशमै रोक्ने गरी काम भइरहेको छ : मन्त्री कुँवर

    नेपाली श्रम शक्तिलाई स्वदेशमै रोक्ने गरी काम भइरहेको छ : मन्त्री कुँवर

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 723
    SHARES

    धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रम शक्तिलाई स्वदेशमै रोक्ने गरी काम गरिरहेको बताएका छन् ।

    समावादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कुँवरले विदेश जानेलाई उत्साहित होइन, निरुत्साहित गर्नतिर सरकार केन्द्रित भएको बताए।



    विदेश जान चाहनेलाई कसरी सुरक्षित गर्ने भन्नेमा पनि ध्यान दिइरहेको उनको भनाइ छ ।



    श्रम सम्झौता नभएका असुरक्षित मुलुकमा नेपाली महिलाहरु भारतको बाटो हुँदै लुकेर गइरहेको बताउँदै त्यसलाई रोक्नका लागि सहयोग गर्न नेपालस्थित भारतीय राजदूतलाई आग्रह गरेको मन्त्री कुँवरले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार