Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अमेरिकाले अस्वीकार गर्‍यो श्रीलङ्काका राष्ट्रपतिको भिसा अनुरोध

    अमेरिकाले अस्वीकार गर्‍यो श्रीलङ्काका राष्ट्रपतिको भिसा अनुरोध

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 786
    SHARES

    एजेन्सी । अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको भिसा अनुरोधलाई अस्वीकार गरेको छ ।

    देशमा विरोध प्रदर्शन चर्किँदै गएपछि पद छोड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेको अनुमानका बीच राष्ट्रपति राजापाक्षेको भिसा अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको हो ।



    यसअघि श्रीलङ्का र अमेरिकाका दोहोरो नागरिक रहेका गोटाबायाले सन् २०१९ को चुनावअघि अमेरिकी नागरिकता त्याग गरेका थिए । विदेशी नागरिक राष्ट्रपति पदका लागि उम्मेदवार हुन नपाउने कानुनका कारण उनले अमेरिकी नागरिकता त्याग गरेका थिए ।



    राजापाक्षेले त्यो चुनाव भारी बहुमतका साथ जिते तर नागरिकलाई थिचोमिचो गर्ने र एक गम्भीर आर्थिक सङ्कटका बीच उनी अवश्य पनि देशको सबैभन्दा अलोकप्रिय नेता बनेका थिए । श्रीलङ्कामा प्रदर्शनकारीले गएको शनिवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार