Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

    मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 729
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज बिहान सवा ८ बजे संचालक समितिको बैठक बोलाइका छन् । बैठकले चालु वर्षको मौद्रिक नीति पारित गर्नेछ ।

    त्यसपछि गभर्नर अधिकारीले दिउँसो मौद्रिक नीति सार्वजनिक गर्नेछन्। गभर्नरले चालु वर्ष कसिलो नीति लिनु पर्ने आवश्यकता रहेको बताइसकेका छन्।



    उनले ब्याज दर वृद्धि र केही नियामकीय प्रावधानमा कस्ने बताएका छन्। स्रोतका अनुसार अनिवार्य तरलता अनुपात सिआरआर ३ प्रतिशतलाई ५/६ प्रतिशत पुर्‍याउने तयारी राष्ट्र बैंकको छ।



    स्थायी तरलता सुविधा ७ बाट ९ प्रतिशत पुग्नेछ । गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

    गत वर्ष ढिला गरी मौद्रिक नीति आएको थियो। अध्यादेशमार्फत आएको बजेट संशोधनको तयारी भइरहेको भन्दै गत वर्ष मौद्रिक नीति ढिला गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार