Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तनावपूर्ण अवस्थामा ताइवानबाट फर्किइन् अमेरिकी सभामुख नान्सी

    तनावपूर्ण अवस्थामा ताइवानबाट फर्किइन् अमेरिकी सभामुख नान्सी

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी। अमेरिकी सभामुख नान्सी पेलोसी आफ्नो ऐतिहासिक र चुनौतीपूर्ण थाइवान (ताइवान) भ्रमणबाट फर्किएकी छिन्। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले थाइवान वरिपरि ठूलो मात्रामा युद्धकविमान र युद्धपोत तैनाथ गरेको छ।

    पेलोसीको थाइवान भ्रमणबाट आक्रोशित चीनले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सेलाई बोलाएर कडा आपत्ति जनाएको छ।



    अमेरिकाले आफ्नो ‘गल्ती’को मूल्य चुक्ता गर्नुपर्ने चीनले चेतावनी दिएको छ। चिनियाँ उपविदेशमन्त्री ची फङले यस्तो चेतावनी दिएका हुन्।



    पेलोसीको भ्रमणप्रति आक्रोश व्यक्त गर्दै चीनले थाइवानको हवाई क्षेत्र नजिक धेरै चिनियाँ लडाकु विमान उडाएको छ र थाइवान स्ट्रेटमा सैन्य अभ्यास गरेको थियो। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले सम्पूर्ण क्षेत्रलाई ‘उडान निषेधित क्षेत्र’मा परिणत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार