Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सांसद शान्ता चौधरी भन्छिन् – सरकारको काम महङ्गीको साक्षी बस्ने होइन, त्यसलाई नियन्त्रण गर्ने हो

    सांसद शान्ता चौधरी भन्छिन् – सरकारको काम महङ्गीको साक्षी बस्ने होइन, त्यसलाई नियन्त्रण गर्ने हो

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । सांसद शान्ता चौधरीले बजारमा महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन्।

    प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन्।



    चौधरीले भनिन्, ‘यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ। सरकारको काम महङ्गीको साक्षी बस्ने होइन। त्यसलाई नियन्त्रण गर्ने हो।



    नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो।’

    नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्ने उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार