Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै निगमविरुद्ध संसदीय समितिमा उजुरी

    पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै निगमविरुद्ध संसदीय समितिमा उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 834
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै नेपाल आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन दिएको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले निवेदन दिएका हुन् ।



    केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ ।



    निगमले बेइमानी कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको भन्दै मञ्चले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु पर्ने पनि निवेदनमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार