Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर घुससहित पक्राउ

    शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर घुससहित पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    तनहुँ । ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।



    ‘निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ’, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने,’पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।’

    विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार